Breaking News

प्रतिनिधिसभाबाट नयाँ उपसभामुख चयन हुँदै : उपसभामुख चयनको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध

३१ असार, काठमाडौं । आज शुक्रबार प्रतिनिधिसभाबाट नयाँ उपसभामुख चयन हुँदैछ । उपसभामुख चयनको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध गरिएको छ ।

उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरुले बाल्कोनी (ग्यालरी) मा गएर प्रत्यक्ष रिर्पोटिङ गर्न रोक लगाएका छन् । उनीहरुले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् ।

प्रतिनिधि सभामा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा छन् । अहिले सभामुखले अहिले ५ मिनेट जनाउ घन्टी दिइरहेनु भएको छ ।