ओलीले बालेनलाई तबला उपहार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । भेटपछि ओलीले मेयर बालेनलाई तबला उपहार दिएका छन् । हिजो बुधबार साँझ बालकोट पुगेका मेयर शाहलाई ओलीले तबला उपहार दिएका हुन् ।

ओली र बालेनबीच काठमाडौं महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ ।

बुधबार बिहान मात्रै एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई भेट्न बालेन उनकै निवास पुगेका थिए । केही दिनअघि काँग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि बालेनले भेटवार्ता गरेका थिए । बालेन सिर्जना सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतसँग पनि भेटवार्ता गरेका थिए ।