असार २९, काठमाण्डौ । समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष शन्तराम विडारीले आफ्नो जन्म दिनको उपलक्षमा संगठनको पत्रकार कल्याणकारी कोषमा रकम हस्तान्तरण गर्नुभएको छ ।
आफ्नो ४३ औं जन्म दिनको अवसरमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा प्राचर विभागले आयोजना गरेको जन्मदिनको शुभकामना आदान प्रदान कार्यक्रममा उपाध्यक्ष विडारीले समाजवादी प्रेस संगठनको कल्याणकारी कोषमा जम्मा हुने गरी १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा उपाध्यक्ष बिडारीले समाजवादी प्रेस संगठनका महासचिव भुपराज खड्कालाई १० हजार बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । प्रेस संगठनको विधानले व्यवस्था गरे बमोजिम कल्याणकारी कोषमा उहाँले रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, उपमहासचिव डा. गंगालाल तुलाधर, केन्द्रीय सदस्य दामोदर अर्याल ,समाजवादी प्रेस संगठनका महासचिव तथा प्रचार विभागका सदस्य भुपराज खड्का प्रचार विभागका सदस्यहरु लेखनाथ शिकारु, जिके पोखरेल, भवानी कार्की, कृतु भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साह लगायतको उपस्थिति रहेको थियो ।
बिडारीकोे ४३ औं जन्मदिनमा आकस्मिक यो सानो जमघट आयोजना गर्नुभएकोमा पार्टी प्रचार बिभाग प्रमुख आदरणीय Jn Khatiwada र सचिव Prakash Khatiwada लगायत सम्पुर्ण टिम तथा समाजावादी प्रेस संगठन नेपालका साथीहरू प्रति हार्दिक आभार प्रकट समेत गर्नु भएको छ । बिशेष आतिथ्यताका लागि उपमहासचिव आदरणीय डा. गङगालाल तुलाधरज्युलगायत प्रति विशेष कृतज्ञता प्रकट गर्दछु। संगठनको पत्रकार कल्याणकारी कोष स्थापनाको लागि स्वास्थ्य मन्त्रालयको प्रेस सल्लाहकार पदमा रहदाको पारिश्रमिकबाट १० हजार रुपैयाँ हस्तान्तरण गरेको छु। यो मौकाका लागि सबै साथीहरू प्रति अनुग्रहित छु।