नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरुसँगको छलफलमा यो सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । त्यसैले मृत भइसकेको सरकारलाई अब बोकेर हिँड्न नहुने बताए ।
‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’
ओलीले अब सरकारको अंग प्रत्यंग झर्दै जाने पनि टिप्पणी गरे । ‘भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झर्दै जान्छ’ उनले भने, ‘भ्रष्टचारी अंग झरेर पिठ बन्छ रु त्यो ठाउँ त रुखो हुन्छ ।’
एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावका प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको बताए ।