२७ असार, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले सातौं पटक विम्बल्डन ओपनको उपाधि जितेका छन् ।
सेन्टर कोर्टमा आइतबार राति भएको फाइनलमा जोकोभिचले एक सेटले पछि परेको अवस्थामा पुनरागमन गर्दै २७ वर्षीय निक किर्गियोसलाई हराए । जोकोभिचले किर्गियोसलाई ४(६ , ६(३, ६(४, ७(६ ले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
३५ वर्षीय सर्बियन खेलाडी जोकोभिचको यो २१औं ग्राण्ड्सलाम उपाधि हो र सर्वाधिक २२ पटक ग्राण्ड्सलाम जित्ने कीर्तिमान बनाएका राफायल नाडालभन्दा एकले मात्र पछि छन् ।
जोकोभिचले लगातार चौथो पटक समग्रमा सातौं पटक विम्बल्डन ओपन जितेका हुन् । उनीभन्दा धेरै रोजर फेडेरले ८ पटक विम्बल्डन जितेका छन् ।