नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरुलाई साताको १ दिन पार्टी कार्यालयमा जान पार्टीले निर्देशन दिएको छ । सो पार्टीले आफ्ना मन्त्री भएकाहरुलाई साताको एक दिन पार्टी कार्यालय पुगेर नेता कार्यकर्तासँग भेटघाट गर्न समय र दिन नै तोकेर सेड्युल बनाएको हो ।
पार्टीले बनाएको सेड्युलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार दिउँसो २–३ बजेसम्मको समय तोकिएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई सोमबार दिउँसो २–३ बजेसम्म र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई मंगलबार दिउँसो २–३ बजेसम्म र सहरी विकासमन्त्री मेटमणी चौधरीलाई बुधबार पार्टी कार्यालयमा पुग्न समय निर्धारण गरेको सो पार्टीले जनाएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई बिहीबारको समय तोकिएको छ ।