नेकपा (एकीकृत समाजवादी) ले आक्रामक रुपमा संगठन विस्तार गर्ने निर्णय

नेकपा (एकीकृत समाजवादी) ले आक्रामकरुपमा संगठन विस्तार गर्ने निर्णय गरेको छ । पार्टीको हिजो शुक्रबार सम्पन्न सचिवालय बैठकले हालै सम्पन्न केन्द्रीय परिषद् बैठकको निर्णयअनुसार संगठन विस्तारमा लागिपर्ने निर्णय भएको बैठकपछि सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका थिए ।

देशका १६५ वटा संघीय निर्वाचन क्षेत्र र ३३० वटा प्रादेशिक निर्वाचन क्षेत्रमा पार्टी संगठन बिस्तार गर्ने, जनवर्गीय संगठनहरु बिस्तार गर्ने र पार्टी संगठनलाई राष्ट्रव्यापीरुपमा बिस्तार गर्ने निर्णय भएको छ ।

सम्मानित नेता खनालले मुलुक संघ र प्रदेशको निर्वाचनमय हुन लागेको भन्दै आगामी निर्वाचनका बारेमा तयारी गर्ने कुरालाई पार्टीव्यापी रुपमा अघि बढाउने निर्णय भएको बताए ।