२४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सांसद सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतक बनाउने भएको छ।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो ।
यसअघिका प्रमुख सचेतक जीवनराम श्रेष्ठ मन्त्री बनेपछि रिक्त स्थानमा यादवलाई नियुक्त गर्ने निर्णय भएको हो ।
त्यस्तै बैठकले एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा हर्कबहादुर सिंहलाई नियुक्त गर्ने निर्णय गरेको थियो।