सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिका समितिका सदस्यहरुलाई बैठकमा बोलाएका छन् । बैठक नयाँ बानेश्वरमा बोलाएका छन् । प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो ।
२ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो । शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।
छानविन समितिका एक सदस्य एमाले सांसद भानुभक्त ढकाल भने सहभागी हुने छैनन् । आफन्तकोमा बिहे परेका कारण आफूले सभामुखसँग बिदा मागेको उनले बताए ।