आफू अपहरण गरिएको भनि सांसद यादवद्धारा मानवअधिकार अयोगमा मुद्दा दर्ता

बैशाख १८, काठमाडौं । अपहरणमा परे भनिएका जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । आज बिहीबार जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका छन् । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो ।
सांसद यादवको उजुरीमा आफ्नो जीवनरक्षा र घटनाको निष्पक्ष छानबिन गर्नका माग गरिएको छ । बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताउँदै आएका
छन् ।
समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।