Breaking News

चन्द्रागिरि केबलकारमा समस्या आउँदा केही समय बिचमै अड्किए यात्रूहरु

काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्।

आज दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। आधा घण्टादेखि ४५ मिनेटसम्म बीचमै रोकिएपछि इमर्जेन्सी सेवा सञ्चालन गरी केबलकारलाई माथिसम्म पुर्‍याइएको थियो।

भ्रमणका लागि निस्किएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परिवार पनि केहीबेर केबलकारमै अड्किएका थिए। त्यतिबेला १४० जना केबलकारमा फसेका थिए।

अहिलेसम्म प्रहरीले दुई सय जनालाई माथिबाट पैदल हिँडाएर तल ल्याएको बताएको छ। प्रहरीले स्कर्टिङ गर्दै उनीहरूको उद्दार गरिरहेको हो।