काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटियो

२० असार, काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारामा एकजना महिलाको शव भेटिएको छ ।

कोठामा खाटमा लडिरहेको अवस्थामा अन्दाजी ३४र३५ वर्षीया महिलाको शव भेटिएको काठमाडौं प्रहरीले बताएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौं, प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, कपनको टोली पुगेको छ । कोठामा ती महिलका एकजना छोरा पनि छन् । तर सुस्त श्रवण भएका उनी बोल्न सक्दैनन् ।