श्रीलंकामा अब एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी

एजेन्सी

श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा  आर्थिक संकट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् ।  तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ ।
अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।