नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न ९ एजेन्डाबारे छलफल

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न ९ एजेन्डाबारे छलफल हुने भएको छ । बैठकमा एमसीसीबारे छलफल हुने अपेक्षा गरिएपनि एजेण्डामा सो विषय परेको छैन । यसअघि बसेको केन्द्रीय समिति बैठकले एमसीसीबारे अर्को बैठकमा छलफल हुने निर्णय गरेको थियो । तर, लामो समयपछि बसेको केन्द्रीय समिति बैठकमा सो विषयलाई छलफलकै विषय नबनाइएको हो।

आजदेखि प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष प्रचण्डले सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे जानकारीका साथै प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध एजेण्डा पेश गरेका छन् ।