एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

१९ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत एजेण्डाहरुमा छलफल हुने बताइएको छ ।