१८ असार, काठमाडौं । प्रधानमन्त्री देउवासहित सहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि शीर्ष नेताहरु निजगढ पुगेका हुन् ।
विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् ।
शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आज नै काटठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
सर्वोच्च अदालतको विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ ।
विमानस्थबारे सर्वोच्चको आदेशबारे प्रायस् सबै राजनीतक दलका नेताहरू एक देखिएका छन् । विमानस्थल निर्माण हुनुपर्ने तर्क नेताहरूको छ ।