पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशकलाई दुर्व्यवहार

१७ असार, काठमाडौं । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् ।

अखिल ९क्रान्तिकारी०को विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका छन् ।

पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो दलेका हुन् ।