जिल्ला अदालत गोरखाका एक कर्मचारी घुससहित नियन्त्रणमा

जिल्ला अदालत गोरखाका एक कर्मचारी तहसिलदार लाई घुससहित नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले बताएको छ।

१५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट नियन्त्रणमा लिएको कार्यालय स्रोतको भनाइ छ।

काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको र उनलाई रंगेहात पक्राउ गरिएको दाबी अख्तियारको छ।

उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ।