एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावितका कारण नेपाल सेमिफाइनलबाट बाहिरियो

एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । फलतः समूहको उपविजेता नेपाल सेमिफाइनलबाट बाहिरिएको छ भने विजेता यूएई फाइनलमा पुगेको छ ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य लक्ष्य दिएको थियो। यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो ।

यूएईकी वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्। उनी प्लेयर अफ दि म्याच भइन् । यस्तै इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिइन् ।

अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल केहीबेरमा सुरु हुनेछ । फाइनल खेल भोलि हुनेछ ।