रवि लामिछानेको पार्टीले व्यवसायीबाट चन्दा नलिने, कार्यकर्ता कोही नहुने

सञ्चारकर्मी रवि लामिछानेले आज राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको छन् । सो पार्टीले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै हुने उनले बताए । उनले कार्यकर्ता कोही नहुने भोट मात्रै हाले पुग्ने
बताए ।

आलोचना गर्नका लागि बेला बेला बैठक र भेला गर्ने उनले बताए । यस्तै उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने उनले बताए । सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँदै खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने बताए । उनले ठूला व्यवसायीले पार्टीलाई कहिल्यै पनि चन्दा दिन नपर्ने बताए ।