६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
कुनै बेला एउटै टिममा रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका
छन् । कर्माछिरिङ वर्तमान अध्यक्ष हुन् भने पंकज विक्रम वरिष्ठ उपाध्यक्ष ।
दुवैले २१-एन्फाको आज चुनाव हुँदै ः २१ जनाको टिम बनाएका छन् । राजिवराज पौड्याल पनि अध्यक्षको उम्मेदवार बनेका छन् । तर उनको प्यानल छैन । त्यसैले अध्यक्षमा कर्माछिरिङ शेर्पा र पंकज विक्रमबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैले नेपाली फुटबल विकासका लागि आफू नेतृत्व आउनुपर्ने दाबी गरेका छन् ।
दुबैको प्यानल यस्तो छ :
कर्मा प्यानल स् कर्मा छिरिङ शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा चार उपाध्यक्षमा विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्न कुमार श्रेष्ठ उम्मेदवार छन् ।
सदस्यमा फ्रेण्ड्स क्लबका अध्यक्ष दीपक थापा, सिराहका प्रविण कुमार यादव, साँगा क्लबका रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका पूर्वअध्यक्ष राम राजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेश सिंह राठौर, जुम्लाका भरत बुढ् थापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युथ क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा क्लबका मनिष जोशी, विनोद लामा तामाङ छन् । यस्तै दुई महिला सदस्यका लागि पेमा डोल्मा शेर्पा र बिना श्रेष्ठ उम्मेदवार छन् ।
पंकज प्यानल स् पंकजको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का तथा चार उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, वर्तमान केन्द्रीय सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा छन् ।
सदस्यहरूमा भोजपुर जिल्ला संघका प्रविण सुवाल, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वरकुमार राउत कुर्मी, काभ्रे जिल्ला अध्यक्ष विकास नारायण श्रेष्ठ, इलाम जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्की, मोरङ जिल्ला फुटबलका अध्यक्ष दीपेन्द्र धिमाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, कैलाली जिल्लाका अनिल मल्ल, सुर्खेत जिल्लाका रवीन्द्र चन्द र मुखिया लामा लिली उम्मेदवार छन् । पंकज प्याजलबाट महिला सदस्यामा सरिला श्रेष्ठ र वृन्दा देवानले उम्मेदवारी दिएका छन् ।