प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको दशकौंदेखिकोरातोपाटी डटकम ९ वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै संघर्ष, त्याग र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको भन्दै यो युगीन परिवर्तनको संरक्षण र सम्बर्द्धन गर्दै नेपाली नागरिकको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउनु हामी सबैको दायित्व भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकार प्रतिगमनकारीको षडयन्त्रलाई परास्त गर्दै मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि बनेको प्रस्ट पारेका छन् ।
‘यो सरकार संविधानको सर्वोच्चता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य, विधिको शासन, सुशासन, प्रेस स्वतन्त्रता, नागरिकको मौलिक हक र अधिकारको रक्षा गर्न प्रतिवद्ध छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यी विषयमा लोकप्रिय अनलाइन पोर्टल रातोपाटी डटकमको पनि महत्वपूर्ण योगदान रहँदै आएको छ ।’