नेकपा विवादको गाँठो फुक्ला त आज ?

१७ बैशाख, काठमाडौं । अध्यादेश प्रकरणले संकट ल्याएको सत्ताढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्दैछ । अघिल्लो हालैम मात्र सरकारले पार्टी विभाजन र संवैधानिक परिषदसम्बन्धी संशोधन अध्यादेश ल्याएपछि तरङ्गित बनेको नेकपा सोही कारण झण्डै फुटको संघारमा पुगेका बेला छलफल गर्न बोलाइएको सचिवालय बैठकलाई नेकपाका नेता कार्यकर्ताले चासोका रुपमा हेरेका छन् ।
अध्यादेशपछि १० दिन नेताहरुको दौडधुप, कोठे बैठक र विभिन्न कसरतपछि सचिवालय बैठक बोलाइएको हो । आजको बैठकलाई नेकपाका लाखौँ नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् । नेकपाको भविष्य र समग्र नेपालको राजनीतिक अवस्थालाई समेत प्रभाव पार्ने भएकाले आजको बैठकले लिने निर्णयको पखाइमा छन् नेता कार्यकर्ता ।
यसवीचमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीचको बेग्लाबेग्लै जमघट र छलफलहरु भएपनि त्यसबाट निकास निस्किएको थिएन । ती जमघट र छलफलमा खासगरी प्रधानमन्त्री समेत रहेका ओलीको कार्यशैलीप्रति दाहाल र नेपाल समुहले असन्तुष्टि जनाउँदै पद छोड्न दबाब दिएका थिए । नेता माधवकुमार नेपाल समुहले त ओलीलाई दुवै पद छोड्न सुझाव दिएका छन् । तर ओलीले अध्यक्ष र प्रधानमन्त्रीबाहेक अरु सवै विषयमा छलफल गर्न तयार भएको सन्देश आफु निकटहरुबाट प्रवाह गरेका छन् । ओलीले यस्तो अडान कायम राखेपछि प्रचण्ड र नेपाल समूहका नेताले सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका खवर सुनि पनि सकिएका छन् ।
प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा सांसदहरूको भेला गराएर आफूविरुद्धको मोर्चाबन्दीको सामना गर्ने रणनीति अख्तियार गरेका थिए । पार्टी्भित्रका नेताहरुको आपसी परस्परविरोधी गतिविधिले नेकपा नै छिन्नभिन्न हुने हो कि भनेर नेकपा धेरैजसो नेताकार्याकर्ता चिन्तित बन्न पुगेका थिए । तर समस्या समाधान गर्ने भन्दा पनि बल्झाउने प्रवृति कायमै रहेकाले सचिवालयबाट पनि निकास आइहाल्ला भन्नेमा विश्वास समेत कार्यकर्ताले गरेका छैनन् । दाहाल र नेपाल पक्षका स्थायी समिति सदस्यहरुले अध्यादेश ल्याउनु र खारेज गर्नुपर्नेे कारणबारे प्रधानमन्त्रीले जवाफ दिन स्थायी समितिको बैठक माग गरेपनि ओली तत्काल बैठक बोलाउने पक्षमा पुगिसेका छैनन् । हेरौ आजको सचिवालय बैठकले के र कस्तो निर्णयल ल्याउछ त्यो भने केही समयपछि थाहा भइ पनि हाल्ने छ ।