Breaking News

मन्त्रि हेरफेरमा दुई नेताबीच विवाद

मन्त्रिपरिषदमा एकीकृत समाजवादीको तर्फबाट हेरफेरको विषयलाई लिएर विवाद सिर्जना भएको छ । मन्त्री हेरफेर गर्ने निर्णयलाई गठबन्धनले तत्काल कार्यान्वयन गर्न नसकिने बताएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रबाट चर्को आलोचना खेपिरहेका छन् ।

त्यसो त अध्यक्ष नेपाल आइतबार पार्टी सचिवालयले गरेको निर्णय तत्काल सार्वजनिक गर्ने पक्षमा थिएनन् । गठबन्धनका दलहरूसँग परामर्श नभएकाले मन्त्री हेरफेरबारेको निर्णय प्रधानमन्त्रीसँगको परामर्शपछि मात्र सार्वजनिक गर्न नेपालले चाहेका थिए । तर सो पार्टीका सम्मानित नेता झलनाथ खनालले बैठकबाट निस्कँदै गर्दा पत्रकारहरूसँग मन्त्री हेरफेरको निर्णय सार्वजनिक गरे ।