Breaking News

एकीकृत समाजवादीबाट नयाँ ५ मन्त्रीको आज शपथ ग्रहण

२३ जेठ, काठमाडौं । एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट पहिलो चरणम मन्त्री भएकाहरुलाई नयाँ मन्त्रीको नाम सिफारिस गरेपछि आज ति नयाँ मन्त्रीहरुको आज शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।

शितल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छिन् । शपथ ग्रहण दिउँसो हुने भनिए पनि समय निश्चित भइसकेको छैन ।

सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको थियो ।

नयाँ बन्न लागेका मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री खापुङ मन्त्रीमा र केसी राज्यमन्त्रीमा रहने गरी एकीकृत समाजवादीले सिफारिस गरेको छ ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । उनीहरु सबैलाई फिर्ता बोलाइएको छ ।