उपसभामुखसहित दुई मन्त्रालय लिदै लोसपा सरकारमा जाँदै

स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँत तालमेल गरेर चुनावमा गएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमालेसँग सन्तुष्ट नभएपछि देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारमा सहभागी हुने तयारीमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका थिए ।

हिजो शनिबार ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको बताएका थिए ।

देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। यसमा विषयमा लोसपाका शीर्ष नेताहरुसँग आज थप छलफल हुने भएको छ ।