Breaking News

नेकपा एकीकृत समाजवादीले पुराना मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा

नेकपा एकीकृत समाजवादीले यो भन्दा पहिला पार्टी बाट पठाएका मन्त्रीलाई बोलाउदै नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् ।

आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने गरी नयाँ मन्त्रीहरुको नामावली देउवालाई बुझाइएको पार्टीका उपमहासचिव समेत रहेका विजय पौडेलले बताए। उनका अनुसार मेटमणि चौधरी शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री बनेका छन्, यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाइने भएको छ । यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिनेगरी पार्टीले सिफारिस गरेको छ ।

यसअघि एकीकृत समाजवादीबाट प्रेम आले पर्यटनमन्त्री, किसन श्रेष्ठ श्रम तथा रामकुमारी झाँक्री सहरी विकासमन्त्री रहेकी थिइन् भने विरोध खतिवडा स्वास्थ्य मन्त्री थिए । उनीहरुलाई फिर्ता बोलाएर समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेको हो।​