आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित

प्रतिनिधिसभा आजको बैठकले विनियोजन विधेयक २०७९/८० बहुमतले पारित गरेको छ । सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक आज शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।

यहीँ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।