Breaking News

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुआत

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । आज भएको खेलमा कतारलाई ७९ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारका लागि कप्तान साची ढड्वालले १४ रन जोडिन् । श्रुतिबेन कमलेशभाइ रानाले पनि १४ रन जोडिन् ।

नेपालका लागि बलिङतर्फ सृष्टि जैशीले ३ विकेट लिइन् । त्यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाइन् । यस्तै सृष्टि जैशीले अविजित २३ रन जोडिन् । सानु राजवंशी २१ रनको योगदान गरिन् । त्यस्तै अन्जली विश्वकर्मा ११ र किरण कुमारी कुँवर १ रन जोडेर आउट भइन् । बलिङतर्फ कतारका लागि साची ढड्वाल र अलिना खानले १÷१ विकेट लिए ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि शनिबार खेल्नेछ छ ।