अमेरिकामा ट्रमको जनविश्वास घट्दो, कोरोना बाट मृतुदर बडढ्दो

एजेन्सी, १७ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका बारेमा भनेका कुरामा अमेरिकी नागरिकलाई विश्वास नभएको एक अध्ययनले देखाएको
छ । कोरोना रोकथाम तथा नियन्त्रण कार्यशैलीका लागि उनको आलोचना हुँदै आएको छ । हालै ट्रम्पले किटाणुनाशकलाई संक्रमितको रगतमा हालेर कोरोना भाइरसको उपचार गर्न सकिने बताएका थिए । उनको यस भनाइको स्वास्थ्य विशेषज्ञहरूले तत्कालै विरोध गरेका थिए । पछि उनले यसलाई आफूले ठट्टा गरेको भन्दै बचाउ गरेका थिए ।
रोयटर्सले सार्वजनिक गरेको लगभग सबैजसो सहभागीले ट्रम्पको सो भनाइ नपत्याएको बताएका छन् ।
अप्रिल २७ देखि २८ मा गरिएको अध्ययनमा आधा भन्दा अलिकति कम (५७५) वयस्क नागरिकहरूले मात्र आफूलाई ट्रम्पले कोरोना भाइर ससम्बन्धी भनेका कुरामा ’केही मात्रामा’ वा ’पूरा विश्वास लाग्ने’ बताएका थिए । यो संख्या भनेको मार्चको अन्त्यमा ट्रम्पको कुरा मान्छौं भन्ने अध्ययनको भन्दा १५ प्रतिशतले कम हो । यसैगरी सहभागी मध्येका झण्डै ९८ प्रतिशत अमेरिकीले उनीहरूलाई कोरोनाको संक्रमण भएका कहिल्यै डोनाल्ड ट्रम्पको किटाणुनाशकको सुई लगाउने सुझाव नमान्ने बताएका छन् । त्यहाँ हालसम्म कोरोनाका कारण ५६ हजार जनाको मृत्यु भइसकेको छ भने १० लाख बढी संक्रमित भइसकेका छन् । संग्रममा ट्रम्पको लोकप्रियता बितेका हप्तामा खासै नघटेको रोयटर्सको समाचारमा उल्लेख छ ।

४३ प्रतिशत अमेरिकीले ट्रम्पको कामलाई संमग्रमा स्वीकार गर्ने बताएका छन्। झण्डै उत्तिकै संख्याले कोरोना भाइरस रोकथाममा ट्रम्पको कदम राम्रो भएको प्रतिक्रिया दिएका छन् । यस्तै ४४ प्रतिशत सूचिकृत मतदाताले डेमोक्रेटिक उम्मेदवार जोन वाइडनलाई आगामी राष्ट्रपति चुनावमा भोट दिने बताएका छन् भने ४० प्रतिशतले ट्रम्पलाई मत दिने बताएका छन् । अनलाइनमा रोयटर्सले अंग्रेजी भाषामा गरेको भोटमा ४ सय १६ डेमोक्रेट तथा ४ सय १९ रिपब्लिकन गरी कुल १ हजार १ जनाले सहभागिता जनाएका थिए ।