जनताको मन जितेर काम गर्नुस्

अध्यक्ष ‘प्रचण्ड’

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा आफ्नो तर्फबाट जितेका प्रमुखरउपप्रमुखको अभिमुखीकरण कार्यक्रम काठमाण्डौंमा दुई दिने प्रशिक्षण कार्यक्रकको समापनमा अध्यक्ष ‘प्रचण्ड’ ले स्थानीय तहका प्रमुखरउपप्रमुखलाई जनताको मन जितेर काम गर्न निर्देशन दिएका छन् । अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका जनप्रतिनिधि खुमलटार पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना दिँदै सो निर्देशन दिएका हुन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागी भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जनप्रतिनिधि शुक्रबार बिहान खुमलटार पुगेका थिए । ती सबै प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले एक–एक गरेर बधाई तथा शुभकामना दिएका छन् । ‘सबै प्रदेशका जनप्रतिनिधिलाई बोलाएको होइन । आएका जनप्रतिनिधिहरूलाई अध्यक्षज्यूले खादा माला लगाएर बधाई दिनुभयो ।’

प्रचण्डको सचिवालय स्रोतले भन्यो ,‘उहाँ (जनप्रतिनिधि) हरुलाई जनताको मन जितेर काम गर्नुस् । अब पार्टीलाई एक नम्बर बनाउनुपर्छ भन्नुभयो ।’ पार्टीको विचार, सिद्धान्त र आचरण विपरित कुनैपनि गतिविधि नगर्न प्रचण्डले निर्देशन दिएका छन् । माओवादीले पहिलोपटक गत बुधबार र बिहीबार देशैभरका नवनिर्वाचित स्थानीय तहका प्रमुखरउपप्रमुखलाई काठमाडौमा बोलाएर प्रशिक्षण दिएको थियो । उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्डसहित पार्टीका शीर्ष नेता र विषय विज्ञले प्रशिक्षण दिएका हुन् । दुई दिने प्रशिक्षण सकेर सबै प्रतिनिधि आ(आफ्नो पालिकातिर लागेका छन् ।