दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटियो

१६ जेठ, काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको ५ मिनेटमै सम्पर्क बिहीन भएको दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पपहिचान हुन भने बाँकी छ ।

अरुको खोजी भइरहेको छ । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।