वृद्धा भत्ता अब ६८ को उमेर मै पाउने

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । ​हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।