सम्पर्क बिहीन तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको अनुमान

१५ जेठ, पोखरा । आज विहान तारा एयरको विमान पोखराबाट जोमसोमका लागि उडेको केही समयमै सम्पर्कविहीन भएको सो विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन्।

त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन । नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०स्०७ पछि सम्पर्कविहीन भएको थियो ।