नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार शन्तराम बिडारी सम्मानित

काठमाडौं, १५ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष शन्तराम बिडारी सम्मानित हुनुभएको छ ।

No description available.

बिगत लामो समयदेखि संचार क्षेत्रमा उल्लेखनीय योगदान गदै आउनु भएका पत्रकार बिडारीलाई सञ्चार क्षेत्रबाट समाजका गतिविधी प्रचारप्रसारमा योगदान गरेवापत बिडारीलाई मकवानपुरे समाजद्वारा यहाँ आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

बिशेषतह साना लगानीका मिडियाहरुको उठानको लागि पहल कदमी र सदैभ सम्बन्धित पक्षलाई घच्चघचाइ रहने पत्रकार बिडारी नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको अध्यक्ष भएर नेतृत्व गर्दा पत्रकारहरुको हक, हित र पत्रकारिता क्षेत्रबाट समाज रुपान्तरणको लागि सदैव खटिरहनु भएको थियो । आफ्नो ४ वर्षे कार्यकालमा पत्रकारितामा कुनै दुविधा नराखी काठमाण्डौ शाखाका सम्पूर्ण पत्रकारमाझ लोकप्रिय बन्न सफल पत्रकार बिडारी आजको पत्रकारितालाई अझै सवल सक्षम बनाउन हरिदिन लागिरहनु भएको छ ।

पत्रकारिता विषयका अध्यापक एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस सल्लाहकार समेत रहनुभएका बिडारी १५ वर्षदेखि पत्रकारिताको विकासमा क्रियाशील हनुहुन्छ । दामन पोष्ट साप्ताहिक र दामनपोष्ट डटकममा प्रकाशक बिडारी  मकवानपुर स्थीत थाहा नगरपालिका–६ का स्थायी बासिन्दा हुनुहुन्छ ।

No description available.

सम्मान कार्यक्रममा बोल्ने क्रममा  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा निवर्तमान राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले जनतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमका साथै ठिक समयमा यथार्थ सूचना उपलब्ध गराउन सञ्चार क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै यस क्षेत्रबाट पुष्टि नभएका समाचार अनुमानका भरमा प्रसारण गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा  प्रा.डा. गोपालरमण शर्मा, डा. अंगुर कार्कीलगायतलाई सम्मान गरिएको कार्यक्रममा दुइजना अशक्त व्यक्तिहरुलाई ह्वील चियर प्रदान गरिएको थियो ।

त्यस्तै समाजका अध्यक्ष अरुणकुमार गुरुङले मकवानपुरेहरु एकजुट भएर विकास निर्माणका साथैं जिल्लाका पहिचान कायम गर्न केन्द्रीत हुनुपर्नेमा विचार व्यक्त गरेका थिए । ।

No description available.