भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको सवारी दुर्घटना

मेयर रेनुको अवस्था खतरामुक्त

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको सवारी दुर्घटनामा हुँदा मेयर दाहाल घाइते हुनु भएको छ । प्रहरीको जानकार अनुसार मेयर रेनुको अवस्था खतरामुक्त रहेको जनाएको छ । उनको ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी आज जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।