काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बोलेन) निर्वाचित

औपचारिक घोषणासँगै बालेन्द्र साह को विजय उत्सव सुरु

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बोलेन) निर्वाचित भएका छन् । आज बिहान निर्वाचन आयोगलले औपचारिक घोषणासँगै बालेन्द्र साह को विजय उत्सव सुरु भएको छ ।

सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् ।