१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको
छ । महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ ।
महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ ।
पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोडर्ना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ ।
दोस्रो डोज र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।