Breaking News

काठमाण्डौ महानगरमा एकीकृत समाजवादीको पहिलो जित : कामनपा १५ वडाबाट सर्वाधित मत ल्याउदै ईश्वरमान डंगोल निर्वाचित

१२ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गएको निर्वाचन अन्तर्गत काठमाडौं महानगरको १५ वडाबाट नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका हुन् । एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुन् ।

निर्वाचित डंगोलले तीन हजार ४७६ मत पाएका छन् । डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरेका हुन् । पराजित कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए ।

ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यस वडामा मेयरतर्फ सबैभन्दा बढी बालेन्द्र साह ले दुई हजार १०६ मत पाएका छन् । एमालेका केशव स्थापितले एक हजार ५६८ मत पाउँदा कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ मत ल्याइन् ।