विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित

११ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले निर्वाचित गरेका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनस् अर्को कार्यकालका लागि निर्वाचित भए । गेब्रेयसस एक्लो उम्मेदवार थिए ।

महानिर्देशक डा। टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगस्ट देखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।