काठमाडौँ महानगरको मतगणना सुचारु नै छ तर काठमाण्डौं महानगर पालिकाको पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ । काठमाडौं महानगरपालिकाका गठबन्धनका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।