भारतीय कांग्रेस नेता नवजोत सिंह सिद्धू आजकाल पटियाला जेलमा बन्द छन् । उनी ३३ वर्ष पुरानो रोड रेज मुद्दामा सर्वोच्च अदालतद्वारा दिएको सजाय काटिरहेका छन् । यसैबीच सिद्धूले जेलमा दाल–रोटी खान अस्वीकार गरेका छन् । उनले पटियालाको राजिन्द्र अस्पताल लगिएको छ । जहाँ उनको स्वास्थ्य परीक्षण गरिँदै छ ।
जेल प्रशासनले मेडिकल बोर्डको गठन गरेको छ । यो बोर्डले सिद्धूका लागि डाइट प्लान तयार गर्नेछ । सिद्धूले आफूलाई गहुँसँग एलर्जी भएका कारण उनले जेलको खाना अस्वीकारगरेका छन् । उनले जेलको दाल–रोटी खाइरहेका छैनन् । उनले सलाद खाएर मात्रै दिन कटाइरहेका छन् ।