अचेत अवस्थामा भेटिएकी १७ वर्षीय किशोरी काठमाण्डौं ल्याइयो, एकजना पक्राउ

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ५ घर भएकी १७ वर्षकी किशोरी अचेत अवस्थामा भेटिएकी छन् । घरदेखि २ किलोमिटर पर जंगल नजिकै बेहोस अवस्थामा उनलाई अचेत अवस्थामा भेटिएको हो । उनको टाउकोमा चोट लागेको र शरीर रक्ताम्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बाबुआमासँगै सुतेकी उनी बिहान उठ्दा घरमा भेटिएकी थिइनन् । खोज्दै जाँदा उनलाई घरदेखि कही पर जंगलमा अचेत अवस्थामा भेटिएको डीएसपी सुकदेव खनालले जानकारी दिए ।

घाइते किशोरीलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको डीएसपी खनालले बताए । अहिले किशोरी सामान्य बोल्न सक्ने अवस्था रहेको र उनकै बयानका आधारमा एकजनालाई पक्राउ गरिएको खनालले जानकारी दिए । पक्राउ परेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन ।