सत्तारुढ पाँच दलीय गठबन्धनमाथि ओलीको भविस्यवाणी : गठबन्धनलाई ३० वैशाखमा ठूलो मर्का पर्ने

२५ वैशाख, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी ३० वैशाखमा ठूलो मर्का पर्ने दाबी गरेका छन् ।

उनले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवै थरी ज्योतिषीले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउन लागेको दाबी गरेका हुन् ।

‘ज्योतिषीहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खड्गो त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ’ उनले भने, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नु भएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या १ ढाडै भाँचिने गरी ।’

त्यस्तो हुन्छ भन्ने ज्योतिषीहरूको कुरा भएको भन्दै उनले आफू पनि ज्योतिषी हो कि भनेर भ्रम नपाल्न आग्रह गरे ।

उनले आफूले भनेको कुरामा विश्वास नभएर प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषीलाई बोलाएर सोध्न चुनौती दिए । ‘मैले ज्योतिषीहरूको कुरा भनेको । एउटा ग्रहदशा हेर्ने र अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छन् । अहिलेचाहिं दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुँदैछ भन्छन्’ उनले नभे, ‘होइन भने प्रधानमन्त्रीज्यूले ठयाक्कै(ठयाक्कै मिलाउने उहाँको आफ्नै ज्योतिषीलाई बोलाएर सोध्नु भए हुन्छ । मैले त्यही भनेको छु ।’

आफूले गठबन्धन रहन्छ वा रहँदैन भन्नेमा केही नभनेको अध्यक्ष ओलीले बताए ।