सुर्खेतमा प्रचार-प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाए

स्थानीय तह निर्वाचन सुर्खेतमा प्रचार-प्रसारमा प्रयोग गरिएका दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ।

वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन्।

जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२(००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो।

२ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ।