नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिकरुपमा विभाजित

धमेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपा (बहुमत) पार्टी गठन

२३ वैशाख, काठमाडौं। नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिकरुपमा विभाजित भएको छ ।

चितवनको पर्सामा तीन दिनसम्म चलेको विद्रोही समूहको राष्ट्रिय भेलाले नेकपा (बहुमत) पार्टी समेत गठन गरेको हो ।

फागुनमा महाधिवेशन गर्ने गरि नेता धमेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको नवगठित नेकपा (बहुमत) पार्टीको महाधिवेशन फागुन १ गते काठमाडौंमा हुने छ ।

भेलाले यसअघि विप्लवले तय गरेको ‘एकीकृत जनक्रान्ति’लाई खारेज गर्ने निर्णयसमेत गरेको छ । त्यसलाई खारेज गर्दै पार्टीको कार्यदिशा ‘बैज्ञानिक समाजवादी क्रान्ति’ तय गरेको छ।

विप्लवले २०७१ मा उक्त कार्यदिशा अघि सारेका थिए। दाङको तुलसीपुरमा (२०७१ पुस २३–२६० मा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले उनको त्यो कार्यदिशा पारित गरेको थियो । उनको त्यो कार्यदिशाको सार ‘किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने’ थियो ।