नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे‘ए’लाई १३७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३६ रन बनायो ।
नेपालका सात ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नसकेर आउट भए । नेपालले दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो । ओपनर कुशललाई भिक्टोर नउचीले १९ रन बनाएर क्याच आउट गराए । नेपालले तेस्रो ओभरको पाँचौं बलमा आरिफ शेखको रुपमा दोस्रो विकेट गुमायो । बार्ड इभान्सले आरिफ शेखलाई ५ रनमा क्याच आउट गराए ।
आरिफ शेख ५ रन बनाएर चौथो ओभरको दोस्रो बलमा आउट भए । उनलाई नउचीले बोल्ड आउट गराए । सातौं ओभरमा नेपालका रोहितकुमार पौडेलले नेपालको चौथो विकेटको रुपमा एलबीडब्लू आउट भए । उनलाई इभान्सले ३ रनमा क्याच आउट गराए ।
नेपालले दशौं ओभरको पाँचौं बलमा आफ्नो पाँचौं विकेट गुमायो । दीपेन्द्रसिंह ऐरीलाई इभान्सले १८ रनमा क्याच आउट गराए । १४ औं ओभरको चौथो बलमा आदिल अन्सारी २ रन बनाएर आउट भए । उनलाई मोटुवाले क्याच आउट गराए ।
१९ औं ओभरको पहिलो बलमा सुसन भारी बर्नान्डो मभुताको बलमा एलबीडब्लू आउट भए । २८ औं ओभरको चौथो बलमा नेपालले आठौं विकेट गुमायो । नेपालका सोमपाल कामी ३० रन बनाएर क्याच आउट भए ।
३१ औं ओभरको चौथो बलमा नेपालले नवौं विकेट गुमायो । नेपालका करण केसी २५ रन बनाएर क्याच आउट भए । कप्तान सन्दीप लामिछाने ४ रन बनाएर ३१ ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट भए । नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा अग्रता लिने योजनामा छ । यता बलियो जिम्बावे ‘ए’ विरुद्ध जित निकाल्न सहज भने छैन ।