नेकपाको सचिवालय बैठक अनिर्णयित बस्ने टुङगो छैन

१६ वैशाख, काठमाण्डौ । अध्याधेश प्रकरणबाट विवादको सतहमा पुगेको नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज बस्ने भनिए पनि अझै समय तय हुन सकेको छैन । यसअघि हिजो नेकपा वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री निकट नेताहरूले आज सचिवालय बैठक बस्ने जानकारी दिएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली संसदीय दलमा आफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने तयारीमा लागेका छन् । सांसद समेत रहेका पूर्वमाओवादी पक्षधर र वरिष्ठ नेता माधव नेपाल निकटका केही नेताहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेका छन् । प्रधानमन्त्रीले आफू अनुकूल नहुँदासम्म सचिवालय बैठक नबोलाउने सोच बनाएको स्रोतको दाबी छ ।