Breaking News

११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

नेपालमा बलात्कारका घटना दिनदिनै घटीरहेको बेला सरकारले कडा कानुनका साथै सजायको भोदार बनाइरहेको अवस्थामा पनि बलात्कारका घटना रोकिन सकेका छैनन् । फेरि पनि ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टेम्के मैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्णदेव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।