नाजी नेता हिटलरको नशामा यहुदीहरूको रगत बगेको भन्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभको भनाइप्रति इजरायलले कडा आपत्ति प्रकट गरेको छ । इजरायलले रुसलाई आफ्ना विदेशमन्त्रीको भनाइप्रति माफी माग्न पनि आग्रह गरेको छ ।
इजरायलका विदेशमन्त्री यायर लापिडले रुसी राजदूतलाई सर्गेई लाभरोभको भनाइप्रति कडा आलोचना गर्न बोलाइने बताएका छन् ।
सर्गेई लाभरोभले आइतबार एक इटालियन टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा यो विवादास्पद टिप्पणी गरेका हुन् ।
फेब्रुअरी २४ मा युक्रेनमा रुसको हमलापछि इजरायलले दुई पक्षबीच नाजुक सन्तुलन कायम राख्ने प्रयास गरेको भएपनि सर्गेई लाभरोभको टिप्पणीपछि इजरायलमा आक्रोशको वातावरण छ ।
ल्यापिडले यनेट न्यूज वेबसाइटसँगको कुराकानीमा यसबारे प्रतिक्रिया दिँदै भने,‘यो एक अपमानजनक, अक्षम्य, ऐतिहासिक गल्ती हो र हामी आशा गर्दछौं कि उनीहरूले यसका लागि माफी माग्नेछन् ।’
यायर लापिडले भने, ‘यहूदीहरूले प्रलयमा आफ्नो ज्यान लिएनन् । यहूदीहरू विरुद्धको जातीयवादको सबैभन्दा खराब स्तर भनेको यहूदीहरूको विरोधको लागि आफूलाई दोष दिनु हो ।’
इजरायलमा रहेको रुसी दूतावासले यायर लापिडको भनाइमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
सर्गेई लावरोवले के भनेका थिए ?
आक्रमणका सम्बन्धमा रुसले युक्रेनलाई निशस्त्रीकरण गर्न र नाजीहरूको प्रभावबाट मुक्त गर्न चाहेको बताउँदै आएको छ ।
इटालियन टेलिभिजन च्यानल रेटे ४ सँगको कुराकानीमा, सर्गेई लाभरोभलाई ‘युक्रेनलाई यहूदीको प्रभावबाट मुक्त गनु आवश्यक भएको भनेर रुसले कसरी यस्तो दाबी गर्न सक्छन्, जबकी उनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की आफैँ एक यहूदी हुन् ?’ भनेर प्रश्न सोधियो ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार सर्गेई लाभरोभले इटालियन अनुवादकको सहयोगमा यस प्रश्नको जवाफमा भने, ‘जब उनीहरुले हामी यहूदी हौँ भन्छन् भने त्यो कुन प्रकारको नाजिकरण हो । मलाई लाग्छ कि हिटलर पनि यहूदी मूलका थिए भन्ने तर्कको कुनै अर्थ छैन ।’
उनले थपे, ‘लामो समयदेखि हामीले यो सुन्दै आएका छौँ कि समझदार यहूदी यो भन्छन् कि यहूदीका सबैभन्दा ठूला विरोधी यहूदी आफैँ हुन् ।’
समाचार एजेन्सी एएफपीका अनुसार आइतबार इटालियन न्युज आउटलेट मिडियासेटलाई दिएको अन्तरवार्तामा लाभरोभले युक्रेनी राष्ट्रपति वोेलोडिमिर जेलेस्कीले आफू यहूदी भएमा त्यहाँ कस्तो नाजीवाद आउन सक्छ भन्ने तर्क गरिरहेको दाबी गरेका छन् ।
लाभरोभको अन्तरवार्ता ट्रान्सक्रिप्ट रुसी विदेश मन्त्रालयको वेबसाइटमा पोष्ट गरिएको छ, जसमा उनलाई उद्धृत गर्दै लेखिएको छ, ‘म गलत हुन सक्छु, तर हिटलरको नसामा पनि यहूदी रगत थियो ।’
बयानमा विवाद
होलोकास्टमा मारिएका ६० लाख यहूदीहरूको सम्झनामा निर्माण गरिएको इजरायली स्मारक याद वासेमका अध्यक्ष दानी दयानले सर्गेई लाभरोभको भनाइलाई नाजीहरूहरुको हातबाट मारिएकाहरुको अपमान भनेका छन् ।
इजरायलको कान्स रेडियोसँगको कुराकानीमा ड्यानी दयानले सर्गेई लाभरोभले यहूदीहरू विरुद्ध षड्यन्त्रका सिद्धान्तहरू फैलाइरहेका छन्, जसको कुनै आधार छैन ।
उनले सर्गेई लाभरोभको भनाइको निन्दा गर्नुपर्ने बताए ।
यस मार्चको अन्त्यमा, राष्ट्रपति जेलेस्कीले इजरायली संसदमा एक भाषण दिए जसमा उनले इजरायललाई रुसको आक्रमणको बिरूद्ध युक्रेनलाई समर्थन गरेर ‘विकल्प छनोट’ गर्न अपील गरे ।
युक्रेनले पनि इजरायलसँग हतियार मागेको थियो ।
इजरायली अधिकारीहरूले युक्रेनी राहत कार्यकर्ताहरूलाई हेलमेट र बुलेटफ्रुप ज्याकेटहरू पठाइए पनि हालैका दिनहरूमा कुनै हतियार प्रदान नगरिएको बताए ।